युद्धविराम सम्झौताको घोषणा भए पनि गाजामा इजरायली आक्रमण, २० जनाको मुत्यु
इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएपछि पनि निरन्तर आक्रमण भइरहेको छ ।
आउने आइतबारदेखि पूर्ण युद्धविराम लागू गर्ने सम्झौता भए पनि इजरायलले हवाई आक्रमण गरिरहेको हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले दाबी गरेको हो । युद्धविराम सम्झौताको घोषणापछि गाजामा खुशी साटासाट भइरहँदा आक्रमणले पनि तीव्रता पाएको बीबीसीले जनाएको छ ।
एजेन्सीका अनुसार इजरायली हवाई आक्रमणमा २० जनाको मुत्यु भएको खबरमा उल्लेख छ । इजरायली सेनाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
यसैबीच युद्धविराम सम्झौताको घोषणा भएपछि हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायली नागरिकले सडकमा प्रदर्शन गरिरहेका छन् । इजरायल र हमासबीचको युद्धविराम सम्झौतालगत्तै इजरायलको तेल अभिभमा मानिसहरू सडकमा आएका हुन् ।
एजेन्सी