राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी
काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ ।
सरकारले एकैपटक पाँच वटा अध्यादेश सिफारिश गरेकोमा राष्ट्रपति पौडेलले चार वटा तत्कालै जारी गर्नुभएकाे थियाे ।
उहाँले सुकुम्बासी र भूमिहीनलाई प्रक्रिया नै नपुर्याई जमिन दिने लगायतका व्यवस्था रहेको विषय बाहिर आएपछि थप अध्ययन गर्ने भन्दै भूमिसम्बन्धी अध्यादेश रोक्नुभएको थियो ।
तर आज पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा अध्यादेश जारी गर्नुभएकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।