चीनमा ऊर्जा बचत गर्ने कार्बन फाइबर मेट्रो रेल सेवा शुरू

एजेन्सी । चीनको शानडोङ प्रान्तको बन्दरगाह शहर चेङ्दुमा सेट्रोभो वान पोइन्ट जेरो नामको कार्बन फाइबर मेट्रो रेलले यात्रु सेवा शुरू गरेको छ ।

यो मेट्रो रेलमा कार्बन फाइबर सामग्रीको प्रयोग गरिएको छ । यसले रेलको अगाडिको भागको तौल २५ प्रतिशत र बोगी अर्थात डब्बाहरुको तौल ५० प्रतिशतले घटाउँछ ।

रेलका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक रेलको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने बताउनुभयो । यसले गर्दा वार्षिकरूपमा एक सय ३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ ।

विशेषगरी कार्बन फाइबर सामग्रीको प्रयोगले गाडीलाई बलियो बनाउँछ । यसको संरचनाको स्थायित्व बढाउँछ । यस रेलको क्याबिन भित्री भाग कार्बन फाइबर तत्वहरूले भरिपूर्ण छ । रेलमा उन्नत भाइब्रेसन ड्याम्पिङ र साउन्ड आइसोलेसन पनि रहेको छ ।