राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा उहाँहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको थियो । भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुुहुुन्थ्यो ।