काठमाण्डौमा भूकम्पको धक्का
काठमाण्डौ । काठमाण्डौमा उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।
आज बिहान ६ बजेर ५१ मिनेटमा काठमाण्डौ उपत्यकासहितका क्षेत्रमा भूकम्प गएको हो । यो धक्का काठमाण्डौसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुर जिल्लामा पनि महसुस गरिएको थियो ।
हालसम्म कुनै ठुलो क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन।
भूकम्पको परिमाण र केन्द्रबिन्दु सम्बन्धी थप जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रबाट आउन बाँकी छ ।