फाष्टट्र्याकको प्रस्थान विन्दु कायम गरिन्छ : भौतिकमन्त्री दाहाल
काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौ-तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताउनु भएको छ । शनिवार द्रुतमार्गको प्रस्थान विन्दू मानिएको खोकना देखि बुङ्मती हुँदै फसिडोल सम्मको अवलोकन एवम् निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधान तर्फ लाग्ने बताउनु भएको छ।
सडक निर्माण एवम् विस्तार गर्दा कसैको पनि आस्था माथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक एवम् परम्परागत मान्यता र अस्थाहरुको संरक्षण गर्दै निकाश निकाल्नु पर्नेमा जोड दिनुभयो ।
फाष्टट्र्याकले सर्वसाधारणको आवात जावत सहज पार्ने मात्र नभई नेपालको बैदेशिक व्यापारलाई समेत प्रवद्र्धन गर्ने भन्दै उहाँले समृद्ध नेपाल निर्माणको एउटा आधारमा रुपमा यसलाई लिईएको बताउनुभयो। मुआव्जा वितरण, क्षतिपूर्ती, मोही तथा गुठी अदिका विषयहरुलाई निराकरण गरि यसको निर्माण कार्यलाई गति दिन जरुरी रहेको उहाँको जोड थियो । त्यस क्रममा उहाँले फाष्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेना प्रति सरकारको उच्च भरोसा रहेको बताउनुहुँदै विकास निर्माणमा सेनाको योगदान सह्रानिय रहेको बताउनुभयो ।
मन्त्री दाहाललाई नेपाली सेनाका मेजर रमेश आचार्यले फाष्टट्र्याक निर्माणको अवस्था, चुनौती एवम् विकल्पहरुका बारेमा ब्रिफिङ् गर्नु भएको थियो ।