मोरक्कोमा डुङ्गा पल्टिँदा कम्तीमा ६९ जनाको मुत्यु

पश्चिम अफ्रिकाबाट स्पेनतर्फ गइरहेको डुङ्गा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको मुत्यु भएको छ । मुत्यु हुनेमा २५ जना मालीका नागरिक रहेका बीबीसीले जनाएको छ ।

झन्डै ८० जना सवार रहेका ‘अस्थायी डुङ्गा’ मा ११ जनामात्रै बाँचेका मालीका अधिकारीहरूले जानकारी दिएका छन् । बाँचेका ११ मध्ये ९ जना मालीका नागरिक रहेका खबरमा उल्लेख छ । यो डुङ्गा गएको हप्ता डुबेको थियो तर मालीले अहिले पुष्टि गरेको हो ।

माली लामो समयदेखि जिहादी र पृथकतावादी हिंसाको शिकार हुँदै आएको छ । जसका कारण सन् २०२० र २०२१ मा देशमा सैनिक विद्रोह भएको थियो । सैन्य सरकारले गएको मार्चमा आचुनाव गराउने वाचा गरेको थियो तर अहिलेसम्म चुनाव भएको छैन ।

देशको अवस्थालाई लिएर ठूलो सङ्ख्यामा मानिसहरू गैरकानूनी रूपमा युरोप पुग्न एट्लान्टिक रुट प्रयोग गरिरहेका छन् ।एजेन्सी