उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य :मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले वर्तमान समयमा भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ।
आज सुनसरीको इटहरीमा उद्योग संगठन मोरङले आयोजना गरेको व्यवसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली विषयक गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो। उहाँले अहिले देखिए समस्या समाधान गर्दै, औद्योगिक कामदारले भोग्नु परेका समस्याहरुका विषयमा गोष्ठीको निष्कर्षले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
राज्यले पहल गर्नु पर्नै विषयमा उद्योग संगठन मोरङले कार्यशालाको आयोजना गरेको र यसले भइरहेका समस्या समाधानका लागि ठोस निष्कर्ष निकल्न सहयोग पुग्नेने, गोष्ठीको निष्कर्ष सरकारलाई औद्योगिक सुरक्षा र स्वास्थ्य सम्बन्धि नीति बनाउनका लागि समेत कोशेढुंगा सावित हुने उहाँले बताउनुभयो।
उद्योग संगठन मोरङसँग प्रदेश सरकारले निरन्तर सहकार्य र अन्तरक्रिया गरिरहेको र लगानी सम्मेलन सफल बनाउन पनि सल्लाह दिँदै आइरहेको रपछिल्लो समयमा उद्योग संगठन मोरङले व्यवसायिक कौशलता बढाइरहेकोमा प्रंशासा व्यक्त गर्नुभयो।