वर्तमान सरकार ढल्नेकुरा काग कराए जस्तै हो : सञ्चारमन्त्री गुरुङ
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार ढल्छ भन्नु काग कराएजस्तै भएको टिप्पणी गर्नुभएको छ।
आज सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै जाने दाबी गर्नुभयो।
सञ्चारमन्त्री गुरुङले अहिलेको सरकार बनेको मन नपराउनेहरुले नै सरकार ढल्ने भ्रम फैल्याएको बताउनु भयो। उहाँले राष्ट्रिय संकट निवारणका दुई राजनीतिक दलबीच सहमति भएकाले सरकार २०८४ सम्मै टिक्ने दाबी गर्नुभयो।
सरकार बनेको दिनदेखि यो सरकार ढल्दैन र यो सरकार ढल्छ भन्ने दुईवटा कुरा चलिरहेको र सबै पार्टीले छोडेर गए पनि दुई ठूला राजनीतिक दलहरु मिलेको सञ्चारमन्त्री गुरुङले बातउनुभयो । काग त कराउँदै गर्छ, पिना सुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ, सरकार गिर्छ भनेको काग कराए जस्तै भएको र सरकार २०८४ सम्म जाने उहाँले बातउनुभयो ।
सञ्चारमन्त्री गुरुङले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्नुभयो।