शेयर बजार आज दोहोरो अङ्कले घट्यो
काठमाण्डौ । हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशलमव ५३ अङ्कले घटेर २ हजार ५ सय ८३ दशमलव २९ विन्दुमा झरेको छ । अघिल्लो हप्ताको अन्तिम कारोवार दिन अर्थात् गएको बिहीवार पनि नेप्से ३१ अङ्कभन्दा धेरैले घटेको थियो ।
आज जलविद्युत् र उत्पादनबाहेक सबै उपसमूहको शेयर घटेकोमा विकास बैंक उपसमूह २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै फाइनान्स, बीमा, व्यापार उपसमूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज सप्तकोशी विकास बैंक र मायाखोला जलविद्युत् आयोजनाको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सपोर्ट लघुवित्त, बाराही जलविद्युत्, न्यादी जलविद्युत्, सुपरमादी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज कारोबार रकम पनि घटेको छ । बिहीवार ४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका ९१ लाख ८० हजार कित्ता शेयर ४ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।