अमेरिकाले सिरियाका नेता अल–शराको टाउकोबारे घोषणा गरेको पुरस्कार हटायो

अमेरिकाले सिरियाका नयाँ नेता अहमद अल–शराको टाउकोबारे घोषणा गरेको इनाम हटाएको छ । अल–शरामाथि अमेरिकाले यसअघि एक करोड डलर पुरस्कार राखेको थियो ।

अमेरिकाले वरिष्ठ कूटनीतिज्ञ र हयात तहरीर अल–शाम ९एचटीएस० का प्रतिनिधिसँगको भेटपछि पछिल्लो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अल–शरा विद्रोही समूह हयात तहरीर अल–शामका प्रमुख हुनुहुन्छ । अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफले अल–शरा निकै व्यावहारिक भएको बताउनुभएको छ ।

सिरियाली राष्ट्रपति बशर अल असदलाई सत्ताबाट हटाएपछि अमेरिकी प्रतिनिधिमण्डल सिरिया पुगेको थियो । राष्ट्रपति असदलाई बहिर्गमन गराउन मुख्य नेतृत्व एचटीएसले गरेको थियो ।

अमेरिकाले अल–शराको सङ्गठनलाई अझै पनि आतङ्कवादी सङ्गठन मानेको छ । यो सङ्गठनको अल कायदासँग सम्बन्ध छ ।

यसैबीच राष्ट्रपति बशर अल–असदको पतनपछि पुनर्निर्माणमा मद्दत गर्न सिरिया माथिको अन्तर्राष्ट्रिय प्रतिबन्धबारे पुनर्मूल्याङ्कन गर्नुपर्नेमा संयुक्त राष्ट्र सङ्घले जोड दिएको छ ।

राष्ट्र सङ्घको आप्रवासन एजेन्सीका प्रमुख एमी पोपले नयाँ समाज निर्माण गर्न र स्थिरता ल्याउन पूर्ण भूमिका खेल्न आवश्यक रहेको बताउनुभयो । तर अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म एचटीएसका सदस्यमाथिको प्रतिबन्ध हटाउन पहल गरेका छैनन् ।

एमी पोपले कार्यवाहक सरकारलाई पुनर्निर्माणमा महिलाको भूमिका लागि थप सशक्त र सक्षम बनाउनसमेत आग्रह गर्नुभएको छ ।
एजेन्सी