अहिलेको न्यायपालिका पारदर्शी छ : प्रधानन्यायाधीश राउत

काठमाण्डौ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताउनुभएको छ । हिजो ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको कुरा कसैले भने आफ्नो गम्भीर आपत्ति हुने बताउनुभयो । उहाँले अहिले खुला अदालतको रुपमा सुनुवाइ भइरहेको जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश राउतले अदालतप्रति अहिले कसैले पनि संशय गर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो । उहाँले निष्पक्षता न्यायपालिकाको प्राण भएको उल्लेख गर्दै त्यसको अधिकतम र प्रचुर प्रयोग गर्नुपर्ने बताउनुभयो । न्यायपालिकाप्रति संशय हुनेगरी कहिले पनि काम नगर्ने प्रतिवद्धता जनाउनुभयो ।

अहिलेको जुडिसियरी ट्रान्सपरेन्स र पारदर्शी भएको र कसैले यो पारदर्शी छैन भन्नेकुरा भन्छ भने त्यसमा मेरो गम्भीर आपत्ति हुने उहाँले बातउनुभयो ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो, यो पारदर्शीतामा यो अदालत अब्बल रुपमा आफूलाई यसले प्रस्तुत गर्ने र निष्पक्षता न्यायपालिकाको प्राण भएको न्यायपालिकामा त निष्पक्ष नभइ नचने बातउनुभयो ।

प्रधानन्यायाधीश राउतले न्यायपालिका र पत्रकारिताको स्वतन्त्रता संविधानले आत्मसाथ गरेका कुराहरु भएकाले त्यसको दुरुपयोग हुनु नहुने बताउनुभयो ।