त्रिविको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कानूनबमोजिम कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ।
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले सो प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुहुदै ‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानूनी कारबाहीको दायरामा आउने बातउनुभयो ।
प्रधानमन्त्री ओलीले विश्व विद्यालयको सबै सम्पत्ति फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शारदाप्रसाद त्रितलको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन गर्न आयोग बनेको थियो। सो आयोगका प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न पनि मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन भएको थियो । ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ। त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बनेको थियो।