भ्रष्टहरुको मुख हेरेर नभई काम र अपराध हेरेर कारबाही गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टहरुको मुख हेरेर नभई काम र अपराध हेरेर कारबाही गर्ने  प्रतिवद्धता दोहोर्‍याउनुभएको छ ।

मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु देशको अवस्था सुधार गर्न र सच्याउन सरकारमा भएको बताउँदे भ्रष्टहरुलाई उम्किन नदिने बतानुभएको हो। ‘देशको अवस्था सच्याउनुछ । देशको अवस्था सुधार गर्नुछ । देशलाई गरिबीबाट माथि उठाउनुछ । देशलाई सुशासन दिनुछ । हामी त्यस कुरामा दत्तचित्त छौँ । देशमा भ्रष्टाचार नियन्त्रण गर्नुछ । मैले भनेको छु, भ्रष्टहरुको मुख हेरेर हैन, काम हेरेर अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ ।’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

आज मंगलबार ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन हुने समेत दाबी गर्नुभयो।

त्यस्तै उहाँले अहिले देशको आर्थिक अवस्था नाजकु भएको र आफूहरु त्यस्लाई सम्हालेर माथि उठाउने बताउनुभएको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुनै पनि जनतालाई कुनै पनि कर्मचारीले कामका सिलसिलामा दुख दिन नपाउने समेत बताएका छन् । ‘जनतालाई दुख दिन कर्मचारीले पनि पाउँदैन, दिन हुँदेन ।’, ओलीले भन्नुभयो ।