यू–१९ महिला एशिया कप : नेपालले दियाे ९५ रनकाे लक्ष्य
काठमाण्डाै । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनकाे लक्ष्य दिएकाे छ ।
मलेसियाकाे क्वालालम्पुरमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायाे । नेपालकी कप्तान पूजा महताेले २५, एलिशाकुमारी यादवले नटआउट २० रन बनाइन् । भारतकी परुनिका सिसाेदियाले ४ विकेट लिइन् ।
नेपालले समूह चरणकाे पहिलाे खेलमा हिजाे पाकिस्तानलाई हराउँदै ‘सुपर–४’ मा प्रवेश गरिसकेकाे छ । भारत पनि पाकिस्तानलाई हराउँदै ‘सुपर–४’ मा पुगिसकेकाे छ । पाकिस्तान लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएकाे छ ।
विश्वकपमा छनोट भएकाे नेपाली टोली १९ वर्षमुनिकाे एशिया कपमा स्वत: छनोट भएको हो । १९ वर्षमुनिकाे महिला विश्वकप आउँदाे वर्षकाे जनवरीमा मलेसियामा नै आयाेजना हुँदैछ । महिला एशिया कप पहिलाे पटक आयाेजना भइरहेकाे हाे ।