नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी

काठमाण्डौ । नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी हुनुभएको छ । नयाँ नेतृत्वको लागि भएको चुनावमा शर्मा नेतृत्वको संयुक्त प्रगतिशील समूहको प्यानल नै विजयी भएको हो ।

अध्यक्षमा निर्वाचित शर्माले दुई हजार एक सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी गङ्गाकुमारी थापाले एक हजार तीन सय ७० र वसन्ती थापाले दुई सय ८२ मत प्राप्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा दुई हजार ६० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले एक हजार पाँच सय ९७ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा बबिता घिमिरे दुई हजार ११ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी मनिषा कोइरालाले एक हजार पाँच सय ७० मत प्राप्त गर्नुभयो ।

महासचिवमा डा।देवकाकुमारी आचार्य एक हजार सात सय ३३ मतसहित विजयी हुनुभयो भने प्रतिस्पर्धी मीनाकुमारी कार्कीले एक हजार तीन सय ४७ र जानकी धामीले ६ सय २२ मत प्राप्त गर्नुभयो ।

सचिवमा दुई हजार ९० मत प्राप्त गरी बेली पौडेल निर्वाचित हुँदा प्रतिस्पर्धी जया मिश्राले एक हजार पाँच सय ७३ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा तुलसादेवी अधिकारी दुई हजार एक सय ८८ मत ल्याएर विजयी हुनुभयो भने प्रतिस्पर्धी रमादेवी पहारी ९ज्ञवाली० ले एक हजार चार सय ८२ मत ल्याउनुभयो ।

यसैगरी खुला सदस्यमा मेनुका पोखरेल, आदिवासीरजनजातितर्फ कला बस्याल गुरुङ र हरिप्रसाद कोजु, दलिततर्फ कोपिला विश्वकर्मा, मधेशीरमुस्लिमतर्फ पासपति जैसवाल र सवेनाज बेगम, अनमीतर्फ जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा विजयी हुनुभएको छ ।

नेपाल नर्सिङ परिषद सदस्यतर्फ राजदेवी अधिकारी घिमिरे, सुमिता पाठक र राधादेवी आचार्य विजयी हुनुभएको छ ।