सप्तरी पत्रकार महासंघमा ४ जना निर्विरोध चयन

सप्तरी । नेपाल पत्रकार महासंघ सप्तरी शाखामा ४ जना निर्विरोध चयन भएका छन् । पत्रकार महासंघ सप्तरीको प्रमुख निर्वाचन अधिकृत कार्यालयद्वारा बिहीवार प्रकाशित उम्मेदवारको अन्तिम नामावलीमा ४ जनालाई निर्विरोध घोषणा गरेका हुन् ।

निर्वाचन अधिकृत कार्यालयद्वारा सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार आदिवासी जनजातिबाट बृजमान तामाङ, महिलाबाट रक्षा चौधरी र दलितबाट किशोर कुमार पासवान सदस्यमा निर्विरोध चयन भएका छन् भने राष्ट्रिय परिषद सदस्यमा ढमला भट्टराई चयन हुनुभएको हो ।

आदिवासी जनजाति कोटामा उम्मेदवारी दिएका निरज कुमार मण्डलले तामाङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तामाङ निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिनुभयो । यसैगरी महिला कोटामा चौधरी र दलित कोटामा पासवानको एकल उम्मेदवारी परेकाले उहाँहरु सदस्यमा र राष्ट्रिय परिषद सदस्यमा महिला कोटामा भट्टराईको मात्र उम्मेदवारी परेकाले निर्विरोध चयन भएको उहाँले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयमा हिजो २५ पदका लागि अध्यक्षसहित ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्षमा श्रवण कुमार देव, बैधनाथ यादव, उपाध्यक्षमा रामनारायण विश्वास, अनिल पोखरेल, महिला उपाध्यक्षमा सुधा देव, मञ्जु यादव, सचिवमा जितेन्द्र कुमार झा, खगेन्द्र कार्की, सह सचिव समावेशी विद्यानन्द राम, डम्बर राई, सह सचिव दिनानाथ यादव, कृष्ण कुमार मण्डल धानुक, कोषाध्यक्षमा नवीन कुमार गुप्ता, गोपाल गुप्ताको उम्मेदवारी परेको छ ।

यसैगरी सदस्य आदिवासी जनजातिमा बृजमान तामाङ, निरज कुमार मण्डल, अल्पसंख्यक भूषण कुमार सिंह, परिष कर्ण, मधेशी कृष्णदेव यादव, अरुण कुमार यादव, महिला सदस्यमा रक्षा चौधरी र दलित सदस्यमा किशोर कुमार पासवानको उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यमा शिव आचार्य, उत्तम आचार्य, नर्मदेव यादव, रामनारायण यादव, धर्मपाल राउत, राजेन्द्र मिश्र, विन्दु कुमार यादव, गंगा प्रसाद साह रहेका छन् ।

केन्द्रीय परिषद सदस्य देवराम यादव, सुमन मिश्र, मनोज कुमार माझी, धमला भट्टराई, सतिष कुमार दत्त र प्रदेश परिषद सदस्य भुपेन्द्र प्रसाद मण्डल, आनन्द मोहन शर्मा, महेन्द्र प्रसाद मण्डल, अरुण कुमार तिवारी, नरेश कुमार चौधरी, शैलेन्द्र झा, लोकेन्द्र प्रसाद यादव, पवन कुमार मिश्र, गणेशलाल देव रहेका छन् ।