तालिबानका शरणार्थी मामिला मन्त्री हक्कानीको मन्त्रालयमै भएको विस्फोटमा मुत्यु
तालिबानका शरणार्थी मामिला मन्त्री खलील–उर–रहमान हक्कानीको मन्त्रालयमै भएको बम विस्फोटमा मुत्यु भएको छ । १ जना व्यक्ति अकस्मात् मन्त्रालयमा पसेर आत्मघाती बम विस्फोट गराएको बीबीसीको खबरमा उल्लेख छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
पाकिस्तानका विदेशमन्त्री आइज्याक डारले हक्कानीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । खलील–उर–रहमान हक्कानी तालिबान सरकारका आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका र अफगान तालिबानको हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका भाइ हुनुहुन्छ । युद्धको समयमा अमेरिकाले खलील हक्कानीको बारेमा जानकारीका लागि ५ करोड डलर इनाम दिने घोषणा गरेको थियो ।
सन् २०२१ को अगस्टमा तालिबान फेरि सत्तामा आएपछि यो समूहमाथि भएको तेस्रो ठूलो आक्रमण हो । मार्च २०२३ मा बल्ख प्रान्तका गभर्नर मोहम्मद दाऊद वाफा मुजामिलमाथि आक्रमण भएको थियो । आक्रमणमा मोहम्मद दाउदसहित ३ जनाको ज्यान गएको छ । त्यसअघि अक्टोबर २०२२ मा काबुलमा तालिबानको आन्तरिक मन्त्रालय परिसरमा रहेको मस्जिदमा भएको विस्फोटमा ४ जनाको मुत्यु भएको थियो ।
एजेन्सी