सुनको मूल्य आज २ हजार रुपैयाँले बढ्यो

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ हजारले बढेर १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा रहेको थियो ।

यसैगरी, आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।