हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु

जेनेभा । हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो १ हप्तामा १८४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको बताउनुभएको हो ।

जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै भोल्कर तुर्कले भन्नुभयो, “गत साता मात्र हाइटीको राजधानी पोर्ट(ओ(प्रिन्समा एक शक्तिशाली गिरोहका नेताद्वारा आह्वान गरिएका आक्रमण र प्रत्यक्रमणका क्रममा कम्तीमा १८४ जनाको मृत्यु भएको छ । उहाँका अनुसार यी पछिल्ला घटना र यसबाट मृत्यु भएका मानिसहरुको सङ्ख्यासँगै यो बर्ष मात्र हाइटीमा हिंसात्मक आक्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या पाँच हजार पुगेको छ ।”
रासस/एएफपी