ट्रकको ठक्करबाट १ महिलाको मृत्यु
दैलेख । दैलेखमा ट्रकको ठक्करबाट १ महिलाको मृत्यु भएको छ । दैलेख बजारको प्रवेशद्वारकै बारुदथान दोवाटोमा लु २ ख ४००८ नम्बरको ट्रकले ठक्कर दिंदा पैदल यात्रु नौमूले गाउँपालिका–५ सालकोटकी ४६ वर्षीया अमृता बिकको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पैदल हिँडेर दैलेख अस्पताल जाँदै गरेकी बिकलाई विपरित दिसाबाट आइरहेको उक्त ट्रकले ठक्कर दिंदा घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक सत्यनारायण चौधरीले जानकारी दिनुभयो । महिला मधुमेह रोगको जाँच गराउन लागि अस्पताल जाँदै गर्दा उक्त दुर्घटना भएको हो ।
ठक्कर दिए भागेका चालकलाई स्थानीयले दिएको हुलिया अनुसार प्रहरीले पक्राउ गरि आवश्यक प्रक्रिया बढाएको छ । ठक्कर दिने ट्रक र अर्घाखाँचीको छत्रदेब गाउँपालिका–३ बलकोट घरका चालक गणेश दमाई रहेको र उनलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो ।