शेयर बजार आज पनि घट्यो, १२ अंकको गिरावट

काठमाण्डौ । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १२.८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलब १५ विन्दुमा कायम भएको हो ।

आजको कारोबारमा ९२ कम्पनीको शेयर मूल्य बढ्दा १३८ को घट्यो । १३ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३५ करोड २७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।