दक्षिण कोरियामा राष्ट्रपतिको यात्रामा प्रतिबन्ध
दक्षिण कोरियाका राष्ट्रपति यून सुक–येओलको यात्रामा प्रतिबन्ध लागेको छ । भ्रष्टाचार मुद्दा विभागका मुख्य अभियोजनकर्ताले येओलमाथि यात्रामा रोक लगाउन आदेश दिएका छन् ।
गएको हप्ता मार्सल ल लगाएको मामिलामा यतिबेला येओलमाथि छानबिन भइरहेको हो । योओल प्रशासनको कयौं वरिष्ठ अधिकारीमाथि पनि यात्रामा रोक लगाइएको छ ।
मंगलबार अबेर रात मार्सल लको प्रयास असफल भएयता हजारौँ दक्षिण कोरियालीहरू सडकमा विरोध प्रदर्शनमा उत्रिएर योओलको राजीनामा वा महाभियोगको माग गरिरहेका छन् ।
शनिबार योओलमाथि महाभियोग लगाउने प्रयास असफल भएको थियो । सत्तारुढ दलले आफ्ना नेता तथा प्रधानमन्त्रीलाई योओलको शक्ति हस्तान्तरण गर्ने बताएको छ ।
एजेन्सी