सिरियाको भविष्य सिरियालीले निर्धारण गर्ने छ : राष्ट्रसङ्घ प्रमुख
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताउनुभएको छ ।
उहाँले सिरियामा व्यवस्थित राजनीतिक सघ्रक्रमण सुनिश्चित गर्न धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घका प्रमुखले ‘यस संवेदनशील घडीमा शान्ति कायम गर्न र हिंसाबाट बच्न र सबै सिरियाली नागरिकको अधिकारको रक्षा गर्न’ आफ्नो आह्वान दोहोर्याउनुभयो ।
कूटनीतिक तथा कन्सुलर परिसर र कर्मचारीको सुरक्षालाई अन्तर्राष्ट्रिय कानुनअनुसार सबै अवस्थामा सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।
संयुक्त राष्ट्रसङ्घले यस द्वन्द्वको चपेटामा परेकाहरूको स्मृतिको सम्मान गर्ने बताउँदै उहाँले सिरियालीहरूलाई मेलमिलाप, न्याय, स्वतन्त्रता र समृद्धि सबैका लागि साझा वास्तविकता भएको देश निर्माण गर्न सहयोग गर्न आफुहरू प्रतिबद्ध रहेको बताउनुभयो । यो सिरियामा दिगो शान्तिको मार्ग हो ।
रासस/एएएफपी