रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाण्डौ । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा ५२ दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई थप ४ दिन अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो ।

पोखराको अदालतले लामिछानेलाई छैटौँपटक हिरासतमा राख्ने म्याद थप गर्ने क्रममा लामिछानेको मानव अधिकारको विषयमा पनि ख्याल गर्न प्रहरीलाई सचेत गराएको छ । लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा छ दिन, त्यसपछि सात दिन, १० दिन, १३ दिन र १५ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप ४ दिन म्याद थप भएको हो । लामिछानेलाई गएको बुधवार चितवनमा बयान लिएपछि प्रहरीले मध्यरातमा पोखरा फर्काएको थियो ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध चितवन, काठमाण्डौ, रुपन्देही र पर्सामासमेत सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । पर्साबाहेक अरू जिल्लामा बयान सकिएको छ ।