चितवनले दियो सुदूरपश्चिमलाई १ सय ६५ रनको लक्ष्य

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पाँच विकेट गुमाएर एक सय ६४ रन बनायो ।

चितवनका लागि हसन इसाखिलले सर्वाधिक ६५ र रवि बोपाराले ३६ रन बनाए । सुदूरपश्चिमका स्कट गुग्गेलिजनले दुई विकेट लिए ।

आज भएको पहिलो खेलमा जनकपुुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले हराएको छ । लुम्बिनीको यो लगातार चौथो हार हो भने जनकपुरको लगातार चौथो जीत हो । जनकपुरले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आठ विकेट गुमाएर एक सय ३५ रन मात्र बनाउन सक्यो ।