राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेश

काठमाण्डौ। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश भएको छ।

मंगलबार दिउँसो आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति कार्यालयमा पुगेर आर्थिक प्रतिवेशन पेश गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानको धारा २९४ बमोजिम मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/ २०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको हो।