लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त (फोटो फिचर)

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न सङ्कायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् ।

प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो ।

ललितपुर जन्मनुभएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।
रासस