सुनको मुल्य आज ९ सय रुपैयाँले बढ्यो
काठमाण्डौ । सरकारले सुनको भन्सार दर घटाएसँगै २ दिनदेखि घट्न थालेको सुनको मुल्य आज भने सामान्य बढेको छ ।
आज सुनको मुल्य ९ सय रुपैयाँले बढेर तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन एकैदिन २ दुई हजार ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य १० रुपैयाँले बढेर तोलाको १ हजार ८ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
सरकारले भारतमा सुनको भन्सार महसूल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसूल घटाइएको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।