सुनको मुल्य आज एकैदिन तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो

काठमाण्डौ।सुनको मुल्य फेरी निरन्तर बढ्न थालेको छ । सुन आज एकैदिन तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । मुल्य बढेर सुन आज तोलाको १ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि अस्ति शुक्रवार सुनको मुल्य तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँ रहेको थियो । शुक्रवार पनि सुनको मुल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको थियो । अघिल्लो महिना अन्तिम हप्ता लगातार घटेर तोलाको १ लाख ६० हजार रुपैयाँमा झरेको सुन मंसिर लागेसँगै फेरी निरन्तर बढेको हो ।

यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको मुल्य तोलाको १ हजार ९ सय ४० रुपैयाँ थियो ।