साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी

काठमाण्डौ । इङ्गिलस प्रिमियर लिग इपीएलमा साविक विजेता म्यानचेस्टर सीटी टोटनह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा साविक विजेता म्यानचेस्टर सीटी घरेलु मैदानमै टोटनह्यामसँग ४–० गोलले पराजित भएको हो ।

यस्तै गएराति नै भएको खेलमा लेस्टर सीटीलाई हराउँदै चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले लेस्टरलाई उसकै घरेलु मैदानमा २–१ गोलले पराजित गरेको हो । जीतसँगै चेल्सी तेस्रो स्थानमा उक्लिनुको साथै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सीटीसँगको अङ्क दुरी घटाएको छ । म्यानचेस्टर सीटीको १२ खेलमा २३ अङ्क र चेल्सीको १२ खेलमा २२ अङ्क भएको छ ।

यस्तै आर्सनलले नटिङ्घम फोरेस्टलाई ३–० गोलले पराजित गरेको छ । १२ खेलमा २२ अङ्क बनाएको आर्सनल तालिकाको चौथो स्थानमा छ । लिभरपुल शीर्ष स्थानमा कायमै छ ।

यस्तै इपीएलअन्तर्गत गएराति भएका खेलमा ब्राइटनले बर्नमाउथलाई २–१ गोलले पराजित गरेको छ । उल्भ्सले फुलहमलाई ४–१ गोलले हरायो । क्रिस्टल प्यालेस र एस्टन भिल्लाले २–२ गोलको बराबरी खेले । एभर्टन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँढेका छन् । इपीएलमा आज साउथहेमटन र लिभरपुल तथा स्पीचटाउन र म्यानचेस्टर युनाईटेड खेल्दैछन् ।

अन्तिम अपडेटस् मंसिर ९, २०८१