भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट

काठमाण्डौ।भारतसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया १ सय ४ रनमा अलआउट भएको छ । खेलको दोस्रो दिनको खाना समयअघि घरेलु टोली अस्ट्रेलिया १ सय ४ रनमै समेटिएको हो ।

अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिए । अहिले भारतले दोस्रो पारीको ब्याटिङ थालेको छ । भारतले ४६ रनको अग्रता लिएको छ ।

यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ४ विकेट लिए ।

बोर्डर गभास्कर ट्रफीअन्तर्गत भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेस्ट शृङ्खला हिजोदेखि शुरू भएको हो । यो टेस्ट शृङ्खलाले विश्व टेस्ट च्याम्पियनशिपको फाइनल पुग्ने सम्भावित टोलीको निर्णय गर्नेछ ।