
काठमाण्डौको कालिमाटीमा आज हरियो तरकारीको भाउ बढ्यो, भिण्डी किलोको १५५ रुपैयाँ
काठमाण्डौ । काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज धेरैजसो हरियो तरकारीको भाउ बढेको छ ।
आज सबैभन्दा धेरै भिण्डीको भाउ बढेको छ । आज भिण्डीको भाउ किलोमा ६० रुपैयाँले बढेर किलोको १५५ रुपैयाँ पुगेको छ । त्यस्तै लौका, तने बोडी, पालुङ्गो सागको भाउ किलोमा समान ३०र३० रुपैयाँले बढेको छ । आज लौका किलोमा ३० रुपैयाँले बढेर किलोको ८५ रुपैयाँ पुगेको छ । तने बोडी पनि किलोमा ३० रुपैयाँले नै बढेर किलोको १४५ रुपैयाँ पुगेको छ ।
त्यस्तै पालुङ्गो साग आज किलोमा ३० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ । टाटे सिमीको भाउ आज किलोमा २५ रुपैयाँले बढेर किलोको ११० रुपैयाँ पुगेको छ । त्यस्तै घिरौला र तराईको काउलीको भाउ पनि किलोमा समान २०र२० रुपैयाँले बढेर किलोको समान ८५र८५ रुपैयाँ पुगेको छ ।
तर परवर लोकल,रातो बन्दा, भारतीय गालभेडा सानो लगायतको भाउ सामान्य घटेको छ । आज परवर लोकल किलोमा १५ रुपैयाँले घटेर किलोको ८० रुपैयाँमा झरेको छ ।
त्यस्तै रातो बन्दा किलोमा १० रुपैयाँले घटेर ८५ रुपैयाँमा झरेको छ । आज भारतीय गालभेडा सानोको भाउ पनि ५ रुपैयाँले घटेर ७० रुपैयाँमा झरेको छ ।