सुनको मुल्य तोलामा १ हजार रुपैयाँले बढ्यो
काठमाण्डौ । आज सुनको मुल्य तोलामा १ हजार रुपैयाँले बढेको छ ।
केही दिनदेखि लगातार घटेको सुनको मुल्य आज एकैदिन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।