दिल्लीको वायु प्रदूषण नियन्त्रण गर्न प्रतिबन्धसहित चौथो तहको योजना लागू

वायु प्रदूषण झनै घातक अबस्थामा पुगेपछि भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्धसहित चौथो तहको योजना लागू भएको छ ।

यसअघि शुक्रवार तेस्रो तहको योजना लागू गरेकोमा आज बिहान ७ बजेदेखि चौथो तहको योजना लागू भएको बीबीसी हिन्दीले जनाएको छ । आज बिहान दिल्लीमा हावाको गुणस्तर मापन सूचक एक्यूआई नौ सय ३१ रहेर विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर बनेको छ ।

एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई मानव स्वास्थ्यका लागि घातक मानिन्छ । तर दिल्लीमा त्यसको तीन गुणा भन्दा धेरै प्रदूषण भएको हो । प्रदूषण नियन्त्रण गर्ने चौथो तहको योजनाअनुसार दिल्लीमा आजदेखि विद्युतीय र भारत स्टेज स्टयान्डर्ड ९बीएस० ६ बाहेकका गाडी चलाउन पूर्ण रुपमा प्रतिबन्ध लागेको छ ।

यस्तै निर्माण कार्य, सार्वजनिक ठाउँमा आगो बाल्ने काम, डिजलबाट चल्ने जेनेरेटरहरू चलाउने लगायतका काममा पनि प्रतिबन्ध लागेको छ । यसअघि तेस्रो योजनामै कक्षा पाँचसम्मका विद्यालयहरु बन्द गरिएका छन् ।