पूर्वसभामुख ढुंगानाको निधनप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुःख व्यक्त
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्नूभएको छ।
आज सामाजिक सञ्जालमार्फत उहाँले ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी नेता ढुङ्गानाको निधनको खबरले आफु अत्यन्त दुःखी भएको उहाँले बताउनुभयो ।
उहाँले ढुङ्गानाले २०४७ सालमा जारी संविधानको मस्यौदा बनाउन गठित संविधान सुझाव आयोगको सदस्य, २०४८ सालमा सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभाको सभामुख र ०६२र६३ सालको दोस्रो जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने कार्यमा पुर्याउनु भएको विशिष्ट योगदानका लागि आफुहरुले सधै संझिरहने बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ :-