
लिटरमा ३ रुपैयाँले बढ्यो डिजल र मट्टीतेलको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मूल्य बढाएको छ ।
निगमको शुक्रबार बसेको संचालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
निगमले बढेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौँमा डिजल तथा मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ पर्ने भएको छ ।
निगमले भारतको इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्यमा पेट्रोलमा प्रतिलिटर ३२ पैसा तथा डिजल मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ ५४ पैसा बढेर आएको जानकारी दिएको छ ।