मेयर शाहद्धारा फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको गुनासो गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित सङ्घीय सरकारले असहयोग गर्दै आएको आरोप लगाउनुभएको हो ।
सङ्घीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिको हतियार बनाउने ध्याउन्नमा असहयोग मात्र गरिरहेको उहाँको आरोप छ । साथै पालिकाको अधिकारमा केन्द्र सरकारले हस्तक्षेप गरेको उहाँको भनाइ छ ।
मेयर शाहले आफूहरुले फोहोर व्यवस्थानका लागि धेरै विकल्प तथा नयाँरपुराना प्रविधि हेरेको तर कार्यान्वयनमा लाग्दा अवरोध गर्ने काम भएको गुनासो गर्नुभएको छ । नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा नै दर्ता गरेको र त्यो कम्पनीलाई राज्यले संरक्षण गरेको समेत उहाँको आरोप छ ।
अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच भएपनि आफूहरु नरोकिने मेयर शाहले बताउनुभएको छ ।