ज्वालामुखी विस्फोटका कारण अवरुद्ध इन्डोनेसियाली उडानहरू पुनः सञ्चालनमा
ज्वालामुखी विस्फोटका कारण अवरुद्ध इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएका छन् । मौसम सुध्रिएको अवस्थामा रहेको भन्दै क्वान्टास र जेटस्टारले बालीमा आफ्नो सेवा पुनः सुरू गरेको विमान कम्पनीहरूले जनाएका समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
एअर एशियाले पनि हिजोदेखि बाली जाने उडानहरू पुनः सुरू गरेको छ भने अस्ट्रेलियाले आफ्नो वेबसाइटमा उडानहरू पुनः शुरू गर्ने बताएको छ ।
यसैबीच, सिङ्गापुरको स्कुट एयरलाइन्सले लेवोटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिको कारण सिङ्गापुरबाट बाली र सुराबायाका लागि उडानहरू पुन सञ्चालन गरेको जनाएको छ ।
ज्वालामुखी विज्ञान विभागका अनुसार लेवोटोबीमा हिजो पुनः विस्फोट हुँदा यसको खाडलबाट बाक्लो खरानी स्तम्भ र लाभा बगिरहेको देखिएको थियो । तर विस्फोटका कण त्यहाँबाट उडिसकेकाले ज्वालामुखी नजिकैको लाबुआन बाजोको पर्यटक स्थलमा रहेको विमानस्थल हिजो बेलुकादेखि खोलिएको छ ।
गएको दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको ज्यान जानुका साथै हजारौँलाई सुरक्षित ठाउँमा सारिएको थियो ।