सुनको मूल्य आज २४ सयले घट्यो
काठमाण्डौ।स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार छापावाल सुन तोलामा २४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।