सुनको मूल्य ५ सय रुपैयाँले घट्यो
काठमाण्डौ।आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको १ लाख ६६ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।