अमेरिकी डलरको मुल्य अहिलेसम्मकै उच्च

काठमाण्डौ।अमेरिकी डलरको मुल्य बढेर अहिलेसम्मकै उच्च भएको छ । हिजो अमेरिकी डलर एकको खरिदर १ सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा आज बढेर खरिदर १  सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ३० पैसा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको मुल्य पनि बढेको छ । हिजो खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १  सय ४४ रुपैयाँ ८६ पैसा रहेको युरो आज बढेर १ को खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

त्यसैगरी यूके पाउण्ड स्ट्रर्लिङ एकको खरिदर १ सय ७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १  सय ७४ रुपैयाँ ६५ पैसा रहेको छ । स्वीस फ्रयाङ्क १ को खरिदर एक सय ५३ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यसैगरी अष्ट्रेलियन डलर १ को खरिदर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ । बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर १ सय १ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय १ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुन्छ ।