बिहानको मौसम धुम्म, दिउँसो घाम लाग्ने
काठमाण्डौ । आज देशका धेरै ठाउँको मौसम सफा छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानपख केहीबेर मौसम धुम्म भए पनि दिउँसो घमाइलो हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले पहाडी क्षेत्रमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।