कुवेतमाथि नेपालको दोस्रो जित

काठमाण्डौ।नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको हो।

नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाउँदै २२ रन मात्रै बनाउन सक्यो। जितसँगै नेपालले २ खेलबाट ४ अंक पुर्‍याएको छ। पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो। नेपालले अब शनिबार घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई० सँग खेल्दै पहिलो चरणको खेल सक्काउने छ। त्यसपछि दोस्रो चरणमा यिनै टोलीलाई चुनौती पेस गर्नेछ।

शीर्ष स्थानमा रहने २ टोलीले फाइनल खेल्नेछन् र विजेताले अर्को वर्ष मलेसियामा हुने विश्वकपमा स्थान बनाउने छन्। युएई छनोटमा साबिकको विजेता टोली हो। नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा कुवेतकी ओपनर जेफा जिलियानीबाहेक अन्यले कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। १७ बल खेलेकी उहाँले २ चौकासहित १२ रन बनाएकी थिइन्।

नेपालकी रचनाकुमारी चौधरी र सीमा केसीले समान २ विकेट लिइन्। पुजा महतो, करिष्मा गुरुङ र मनिषाकुमारी उपाध्ययको नाममा समान १ विकेट रह्यो। त्यसअघि अजमनमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३० रन बनाएको थियो।

नेपालकी कप्तान पुजाले सर्वाधिक ३४ रन बनाएको थियो। ३८ बल खेलेकी उहाँले ४ चौका प्रहार गरेको थियो । ओपनर साना प्रभिन २५, ज्योत्सनिका मरासिनी २३ र अलिशाकुमारी यादव १५ रनमा आउट भइन्। अन्यको प्रदर्शन राम्रो हुन सकेन। कुवेतकी इकवाल पेवेकरले सर्वाधिक दुई विकेट लिइन्। जेफा र अमिषा रामको नाममा समान एक विकेट रह्यो।