सुनको मुल्य ४ हजार रुपैयाँले घट्यो

काठमाण्डौ।सुनको मुल्य आज एकैदिन ४ हजार रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख ६८ हजार ५ सय रुपैयाँ रहेको सुनको मुल्य आज ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यही कात्तिक १५ गते सुनको मुल्य अहिलेसम्मकै उच्च तोलामा १ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी ५५ रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।