नेपाल विश्वविद्यालय विश्वकै विद्यार्थीका लागि आकर्षणको केन्द्र बताउनुपर्नेमा जोड :अर्थमन्त्री पौडेल

काठमाण्डौ।उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसार भरका विद्यार्थीको महत्वपूर्ण आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताउनु भएको छ।

नेपाल विश्वविद्यालयको बिहीबार ललितपुरमा भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल विश्वविद्यालयको दायरा नेपालभित्र मात्र नभई सिंगो विश्वमा प्रभाव पार्न सक्ने गरि काम गर्न सक्नुपर्ने बताउनु भएको हो। नेपाल विश्वविद्यालय नेपाली विद्यार्थीहहरुका लागि मात्र नभाइ संसारका सबै मुलुकका विद्यार्थीहरुका लागि समते एउटा महत्वपूर्ण आकर्षणको केन्द्रबिन्दुका रुपमा स्थापना गर्न सक्नुपर्ने , यसको दायरा नेपालभित्र मात्र नरहेर सिंगो विश्वमा प्रभाव पार्न सक्ने गरि काम गर्न सक्नुपर्ने उहाँले बातउनुभयो ।

सरकार सुरुदेखि नै विश्वविद्यालयको प्रगतिका लागि साथ र सहयोग गर्न प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले बताउनु भयो। विश्वविद्यालयले नयाँ मान्यताका साथ अगाडि बढ्दै त्यही अनुसारका दक्ष जनशक्ति निर्माण गर्न सक्नुपर्नेछ ।
सुरुदेखि नै उत्कृष्ट हुनसक्नुपर्ने, पछि गरौँला भन्ने छुट नदिने सरकारको साथ लिने तर विश्वविद्यालयले आफ्नै पौरख र सामथ्र्यमा अगाडि बढ्ने हो। नेपाल विश्वविद्यालय साच्चै नै नेपालको भविष्य निर्माणको निम्ति विशिष्ट विश्वविद्यालय हुनेछ भन्ने आशा गर्न चाहान्छु र सरकारले सुरुदेखि नै नयाँ मान्यता र नयाँ सोचको साथमा नेपाल विश्वविद्यालय स्थापना गर्ने साथ समर्थन रहँदै आएको उहाँले बातउनुभयो ।