सुनको मुल्य एकैदिनमा २ हजार ८ सय रुपैयाँले घट्यो

काठमाण्डौ।तिहार बिदा सकिएर कारोबार भएको पहिलो दिन आज सुनको मुल्य एकैदिन २ हजार ८ सय रुपैयाँले घटेको छ ।

आज २ दुई हजार ८ सय रुपैयाँले घटेर तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारअघि यही कात्तिक १५ गते सुनको मुल्य अहिलेसम्मकै उच्च तोलामा १ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीमा ६० रुपैयाँले घटेर तोलाको २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।