आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ।आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दैछ । अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा ९ बजे सुरु हुनेछ । पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो ।
लिग–२ मा नेपाल १० खेलमा २ जीतसहित ५ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । अमेरिका ११ खेलमा १४ अङ्कसाथ दोश्रो स्थानमा छ । लिग–२ को तालिकामा क्यानडा १२ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा छ ।
नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन् । अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ ।