दर्शन बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाण्डौ।बाग्मती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले काठमाण्डौको कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

कीर्तिपुर नगरपालिका ९ मा रहेको सहकारी संस्थाले दुई वर्षभन्दा लामो समयदेखि बचतकर्ताहरूको बचत फिर्ता गर्न नसकेका कारण मन्त्रालयले समस्याग्रस्त सहकारी घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

९ हजार ८ सय ५७ शेयर सदस्यको १ अर्ब ५२ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको बाग्मती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले जानकारी दिनुभयो। सहकारीका अध्यक्ष दिनेश दर्शनधारीलगायतका पदाधिकारीको संलग्नतामा सहकारी समस्याग्रस्त बनेको देखिएको उहाँले बताउनुभयो ।