काठमाण्डौ उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता : मन्त्री यादव

काठमाण्डौ।खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाण्डौ उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

काठमाण्डौमा आयोजित १ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाण्डौ उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताउनु भयो । उहाँले मन्त्रालयले दीर्घकालीन समाधानका लागि पनि आफ्ना योजनाहरू बनाइरहेको बताउनुभयो । मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेन्डरका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाण्डौ पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले काठमाण्डौवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गर्नुभयो । उहाँले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरू संशोधन गरी अघि बढिरहेको बताउनु भयो । मन्त्री यादवले सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाण्डौ ल्याउने तयारी गरिएको बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा ५१ करोड लिटर पानीको डिमान्ड छ । त्यो पुर्‍याउने कसरी रुपायाँ सरकारको दीर्घकालीन समस्याको योजना के छ रु त्यसको लागि खानेपानी मन्त्रालय अघि बढिसकेको छ ।  तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेन्डर हुन गइरहेको छ ।  २५ करोड ५० लाख लिटर मेलम्चीको पानी आयो भने समस्या केही समाधान हुने छ,अहिले १७ करोड लिटर रहेको , पानी केही त अहिले बागमतीमा डाइभर्ट गरेको केही पाइपको समस्याका कारण बागमती सफाइ गरिरहेको उहाँले बताउनुभयो ।

४ महिना पानी नआउँदा खानेपानी मन्त्रालय के गर्छ रुपायाँ त्यो ५१ करोड लिटरको पानीको माग छ, शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा २५ करोड जति खर्च गर्ने हो भने केही हल हुन्छ, नागरिकप्रति राज्यको दायित्व भएको उहाँले बताउनुभयो ।